Public Pana
दूरसञ्चारका लेखा प्रमुख बस्नेतले दिए राजीनामा

झण्डै दुई महिनाअघिदेखि पालै–पालो अख्तियारले बयान लिन थालेपछि प्राधिकरणका कर्मचारीहरू फसिने त्रासमा रहेका छन् ।
त्रासका कारण  प्राधिकरणका लेखा प्रमुख सुरेश बस्नेतले राजीनामा नै दिइसकेका छन् । 
यसबारेमा पब्लिक पानाले बस्नेतसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिए लगत्तै लेखा प्रमुख बस्नेतले असोज ३० गतेदेखि लागू हुनेगरी पदबाट राजीनामा नै दिएका हुन् 

तत्कालीन अध्यक्षदेखि सदस्यहरूसमेत फस्ने भएपछि बोर्डमा अहिले कुनै निर्णय नै हुन सकेको छैन ।

टेरामक्स काण्डमा सञ्चार मन्त्रालयका तत्कालीन दुईसहचिव विनोदप्रकाश सिंह र उत्तरकुमार खत्रीसँग पनि अख्तियारले बयान लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । 

टेराम्क्स प्रविधि खरिदमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निश्कर्षसहित अख्तियारले अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।

यसक्रममा दूरसञ्चार सेवा प्रदायकको नियामक निकाय प्राधिकरणका अधिकारीहरूसँग भदौ २६, २७ र २९ गते बयान लिएको हो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update