Public Pana
एसीसी यू–१९ एसिया कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

 एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । 

बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ । 
आउँदो २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

u-19-asia-cup-cricket1699438503.jpgसमूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update