
भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।
चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन् ।
उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा सहभागी हुन उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्नुभएको छ । चिनियाँ राजदूत छन सोङले गृहमन्त्री श्रेष्ठलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा राहत सामाग्री हस्तान्तरण कार्यक्रमपछि गृहमन्त्री श्रेष्ठले छिमेकी मुलुकलाई विपद्का बेला चीनले सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।
चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री सरकारले जतिसक्दो छिटो भूकम्प प्रभावित जिल्ला जाजरकोट र
रुकुममा लैजानेछ । चिनियाँ सेनाको जहाजमा समान आएपनि पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९३० र ९ ४० मा अवतरण भएका हुन ।
चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उडेका थिए ।