Public Pana
मौसम : आज कुनै स्थानमा वर्षा र कतै हिमपात 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशको पहाडी भू–भागमा  आंशिक बदली रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

राति कोशी  प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update