Public Pana
कांग्रेसको महासमिति बैठक फेरि स¥यो, पुस १६ गते उदघाट्न गरिने

नेपाली कांग्रेसको महासमिति बैठक फेरि पर धकेलिएको छ । 

मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तय गरिएको जानकारी दिनुभयो ।

यसअघि पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय भएपनि पार्टी पदाधिकारीसँगको छलफलपछि कंग्रेसले ‘राष्ट्रिय मेलमिलाप दिवस पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति वैठकको नयाँ मिति तय गरेको हो । 


कंग्रेसले महासमिति बैठकके मिति सारेको यो तेस्रो पल्ट हो । त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो। 

‘राष्ट्रिय मेलमिलाप दिवस पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठक तोकिएको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो ‘ पार्टीले नीति अधिवेशनको समेत काम गर्ने गरी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लागेको हो।

विभिन्न जिल्लामा महासमिति सदस्य चयनका लागि अझै अधिवेशन भएका छैनन्। कांग्रेस निर्वाचन समितिले असोज २९ गतेभित्रै महासमिति सदस्य चयन गरिसक्न आग्रह गरेको थियो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update