Public Pana
भूकम्म पिडितको राहत र पुर्नस्थानामा ध्यान दिन प्रधानमन्त्रीलाई कग्रेसको ९ बुँदे सुझाव

सत्तारुढ प्रमुख घटक नेपाली कंग्रेसले जाजरकोट भूकम्पबाट प्रभावितहरुको उद्धार, राहत, पुर्नस्थापना र पुनर्निमाणमा प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

पार्टीकातर्फबाट जाजरकोट भूकम्प प्रभावितहरुको राहतका लागि घोषणा गरेको ५० लाख रुपैयाको चेक आज विहान प्रधानमन्त्रीलाई हन्तान्तरण गर्दै कंग्रेसले भूकम्प पिडितहरुको तत्काल उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको हो । 

कंग्रेस सभापति देउवाले तत्कालिन राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सिइओ भइसकेका डा. गोविन्दराज पोखरेललाई समेत संगै लिएर प्रधानमन्त्रीलाई भूकम्प पीडितहरुको राहत र पुर्नस्थापना लगायत बिषयमा ९ बुँदे सुझाव दिएका थिए । डा. पोखरेले २०७२ सालको भूकम्पपछि गठन भएको प्राधिकरणमा सिइओका    रुपमा प्रभावकारी काम गरेको अनुभव छ ।

यसैबीच काँग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो ।

काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ । 

काँग्रेसले भूकम्प पछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्दार र पुनस्र्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरण गर्नुपर्ने रहेको छ । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताउनुभयो । उहाँले खोज र उद्दारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरुलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताउनुभयो ।

त्यसैगरि नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update