Public Pana
एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै, आजै शपथ

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित ५ जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ ।

केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update