Public Pana
आज राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज कम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्।

भूकम्प प्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन् ।

विदेश जान तयार भएका पौडेलले कर्णाली प्रदेशमा गएको भूकम्पले मानव एंव भौतिक क्षति भएको दुख्खमा विदेश जान कटौंति गरे प्रभावित क्षेत्रमा जान लागेका राष्ट्रपति कार्यालयले जनाएको हो ।

राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update