Public Pana
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबारसम्म २ करोड २२ लाख रुपैयाँ संकलन 

 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।

सोमबारसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


कार्यालयका आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार सहयोगी रकम आउने क्रम जारी छ । उनले भने,‘ आज दिउँसो चार बजेसम्म जम्मा भएको रकमको विवरण यही हो, आउने क्रम जारी होला ।’

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।

सोमबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्यालयका आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार सहयोगी रकम आउने क्रम जारी छ । उनले भने,‘ आज दिउँसो चार बजेसम्म जम्मा भएको रकमको विवरण यही हो, आउने क्रम जारी होला ।’

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update