Public Pana
जाजरकोटमा शक्तिशाली परकम्प, केही घरहरु भत्किए, केही घाइते

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

शक्तिशाली परकम्पले जिल्लाका विभिन्न स्थानमा चर्किएका घर भत्किएका छन भने केही व्यक्ति समेत घाइते भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update