Public Pana
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए 

रास्ट्रपतिका प्रेस समयोजक खिला कार्कीका अनुसार भोलि रास्ट्रपति भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम जाने कार्यक्रम समेत तय भएको छ ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update