Public Pana
कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई  दिएको समर्थन कायमै राख्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । 

नुसार दलको बैठकमा बोल्ने केही सांसदले सरकारसमेत छोड्न नहुने बताएका थिए । बुद्धिकुमार राजभण्डारीलगायत आधा दर्जन बढी सांसदले एमालेको सहयोगमा बनेको सरकार भएकाले सरकारमा जानुपर्ने तर्क गरेका थिए ।

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुनेगरी राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायत निर्णय गरेको भण्डारीले बताए ।

कोशीमा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update