Public Pana
नेपालमा  लगानी बढाउन अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आग्रह गर्नुभएको छ ।  

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ क्यासी र नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसीसीआई को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको आज सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उक्त अपिल गर्नुभएको हो । 
“नेपालमा लगानीका अवसर बढदै गएका छन् र लगानी सहज बनाउने कानुनहरू निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्दछु”, उहाँले भन्नुभयो ः राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको जिकिर गर्नुभयो। 
। 
नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्र्द गएकाले जलविद्युतको क्षेत्रमा नेपालमा लगानी गर्नु स्वर्णिम अवसर हुने राष्ट्रपतिको भनाई छ । 

राष्ट्रपति पौडेलले शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित भूकम्प पीडितहरूलाई सहयोग गर्न सबै समेत उद्यमी, व्यवसायीहरूलाई अपिल गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update