Public Pana
योजनाका लागि देश दौडाहामा आयोग

राष्ट्रिय योजना आयोगले १६औँ योजना छनोटका लागि प्रदेशगत रुपमा छलफल सुरु गरेको छ। 

सातै प्रदेशका योजना छनोटका लागि आयोगले छुट्टाछुट्टै टोली बनाएर सम्बन्धित प्रदेशमा छलफल सुरु गरेको हो। 

आयोगले आज (सोमबार) मधेश प्रदेशमा आज योजना छनोटको विषयमा छलफल गर्दैछ। प्रदेश राजधानी जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधि समेत सहभागी छन्। 
आयोगका प्रवक्ता यमलाल भुसालकाअनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरेर छलफल गर्न थालिएको हो। कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई छलफल स्थगित गरिएको छ। बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ। 

आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार आज र भोलि (कात्तिक २० र २१ गते) बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update