Public Pana
भूकम्प गएको स्थानमा सङ्क्रामक रोग फैलिन सक्ने सम्भावना

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसहित छिमेकी जिल्ला रुकुममा पनि ठुलो धनजन क्षति भएको छ । 


भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको उद्धार राहतका केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तह र गैरसरकारी संघ संस्था तथा राजनीतिक दलहरूले सहयोग गरिरहेका छन् । 


सरकारले भूकम्पमा घाइतेहरूको उपचार निःशुल्क उपचार गर्ने घोषणा गर्नुका साथै राजधानीका ठुला संघीय अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । 


हाल राहत, उद्धारसँगै र  प्रभावित क्षेत्रमा घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम सक्रिय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आकस्मिक उपचारपछि सरकार भूकम्पजस्ता प्राकृतिक विपत्ति आउँदा सम्बन्धित निकायले ध्यान दिन नसक्दा सङ्क्रामक रोगका कारण प्रकोप फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् । 

आकस्मिक उपचार उद्धारपछि  विगतका देशमा आएका प्राकृतिक प्रकोप आएको एक साता पछिबाट सङ्क्रामक रोगहरूले सताउने गरेको पाइन्छ ।

प्रभावित क्षेत्रमा खाना, पानी, किटजन्य रोग, हावाबाट सर्ने सङ्क्रमणजन्य रोगले सताउन सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाई छ । 


जाजरकोट, रुकुममा यसअघि देखिएका सङ्क्रामक रोगको प्रकोप, भूकम्पपछि आउने सक्ने स्वास्थ्यका जोखिमबारे अव पूर्व तयारीको आवश्यकता रहेको छ ।  
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update