Public Pana
चीनले भन्दा भारतले गरयो नेपाललाई ठुलो सहयोग, जाजरकोट भूकम्प पिडितलाई १६ करोडको राहत हस्तान्तरण

उत्तरी छिमेकी मुलुक चीनले भन्दा भारतले नेपाल सरकारलाई ठुलो सहयोग प्रदान गरेको छ ।

जाजरकोट भूकम्पका कारण प्रभावित क्षेत्रका जनताका लागि सरकारले राहत व्यवस्थापनमा जोड दिइरहेका बेला दक्षिणी छिमेकी मुलुक भारतले आजै पहिलो चरणको राहत हस्तान्तरण गरेको छ । 
भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि  १६ करोड मुल्य बराबरका राहत सामग्री हस्तान्तरण प्रदान गरेको हो । यसअघि चीनले भूकम्प पिडितका लागि १० करोड  रुपैया सहयोग गर्ने घोषणा गरेको थियो ।

चीनका तर्फबाट त्यसवाहेक अन्य सहयोग अहिलेसम्म प्राप्त भएको छैन । भारतले यसअघि २०७२ सालको भूकम्पका बेला पनि तत्काल राहत र उद्धारमा आफ्नो टिम पठाएको थियो भने नेपाल सरकारलाई एक हजार करोड रुपैया वरावरको सहयोगको घोषणा गरेको थियो ।

उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई संकटका बेला खासै सहयोग गर्न नसकेको चीन मामिलाका विज्ञहरु बताउछन् ।

चीन र भारत हाम्रा असल छिमेकी मुलुक हुन तर विपद्का बेला भारतले गर्ने सहयोग र नेपालप्रति दर्शाउने सदभाव चीनसँग तुलना गर्न मिल्दैन, रोटी वेटीको सम्बन्ध भारतसँग त्यसै भनिएको होइन, दुई मुलकबीच कतिपय विषयमा मतभेद छन तर नेपाल र नेपालीको समस्यामा भारतको सहयोग हामीले बिर्सनु हुँदैन ।  
जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ । 
 भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । भारतले दिएका सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् । 

 भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गर्नुभयो । 

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update