Public Pana
कार्यक्रमका लागि भन्दै अमेरिका पुगेर भागे गायक हर्कुलस बस्नेत

गायक हर्कुलस बस्नेत अमेरिका पुगेर सम्पर्कविहिन् भएको उनलाई त्यहाँ निम्त्याउने आयोजक संस्था स्रोतले खुलासा गरेको छ ।

सांगीतिक कार्यक्रममा प्रस्तुति दिन अमेरिका पुगेका बस्नेत प्रारम्भका केही कार्यक्रममा सहभागि भए पनि न्युयोर्कको कार्यक्रमममा भने सहभागि नभएको जानकारी प्राप्त भएको छ ।

कार्यक्रमका लागि आयोजकले सम्पर्क गर्न खोज्दासमेत उनी सम्पर्कमा नआइरहेका बताइएको छ ।

पहिलो पटक आफ्नो प्रस्तुति दिन अमेरिका पुगेका हर्कुलसको साथमा अस्मिता अधिकारीको पनि प्रस्तुति थियो । हर्कुलस सम्पर्कमा नआए पनि उनले भने आफ्नो प्रस्तुति दिएकी छिन् ।

गत अक्टोबर ३१ तारिक मंगलबार बोस्टनको कार्यक्रम सकेर न्यूयोर्क आएका गायक बस्नेत नोभेम्बर १, बुधबारका दिन साथी भेट्छु भनि निस्किएका थिए ।

नोभेम्बर ३ मा उनको न्यूयोर्कमा प्रस्तुति थियो । तर कार्यक्रममा उनी उपस्थित भएनन् । आयोजकले फोन र म्यासेजमार्फत स्म्म्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

माइभ एट प्रेजेन्टको मुख्य आयोजनामा अक्टुवर २१ देखिसम्म उनी सहभागि हुने गरेर कार्यक्रम आयोजना गरिएको थियो ।

आयोजकको सम्पर्कमा नआए पनि उनले दुई दिन पहिले आफ्नो सामाजिक सञ्जालमा साथीसंगै न्यूयोर्क घुमेको लाईभ भिडियो शेयर गरेका छन् । त्यस्तै अन्य अपडेट पनि निरन्तर गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update