Public Pana
लेखा समितिद्धारा सस्तो मूल्यमा शेयर जारी गर्ने कम्पनीको स्वीकृति फाइलका लागि बोर्डमा पत्र

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा शेयर जारी गर्न स्वीकृति प्रदान भएको कम्पनीहरूबारे धितोपत्र बोर्डलाई पत्राचार गरेको छ।

नियमन निकाय धितोपत्र बोर्डलाई गत हप्ता पत्राचार गर्दै संलग्न कागजात माग गरेको हो । 

समितिका सचिव एकराम गिरीले कुनै एक कम्पनीभन्दा पनि प्रिमियम मूल्यमा सेयर जारी गर्ने सम्बन्धमा त्यसका प्रक्रिया विधि, नियम, व्यवस्थाहरू र कम्पनीहरुले उपलब्ध गराएका कागजात माग गरेको  जानाकारी दिए । 

उनले भने, ‘समितिमा यसै सम्बन्धमा उजुरी परेको थियो। त्यही उजुरीमा आधारित भएर पत्र लेखिएको हो।’

केही दिनअघि मात्रै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न स्वीकृति पाएको थियो। यसैलाई लिएर समितिमा उजुरी परेको थियो।
 

हिमालयन लगायत अन्य कम्पनीको सेयर जारी गर्न तत्काललाई नदिन भन्दै लेखा समितिले पत्र पठाएको छ। 
नियामक निकाय धितोपत्र बोर्डलाई पत्र लेख्दै प्रिमियम मूल्यमा सेयर जारी गर्नदा पालना गर्नुपर्ने नियम, त्यसको व्यवस्था लगायत विषयसमेत समितिले मागेको हो।

हिमालय रि निजी लगानीमा करिब तीनवर्ष अघि सञ्चालनमा आएको हो। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा हिमालय रिको अध्यक्ष छन्। 

ठूला घरानाको लगानी रहेको कम्पनीको निर्देशकमा शाहिल अग्रवाल, अमित मोर, साक्षी गुप्ता र स्वतन्त्र निर्देशकमा सुवास झुनझुनवाला छन्।

७ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणलाई सेयर जारीबाट ३ अर्ब उठाई १० अर्ब बनाउने तयारी गरेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update