Public Pana
भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु
सांकेतिक तस्बिर

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

आइतबार  खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्।

उनलाई उपचारका लागि उनका श्रीमान कमलेश बोहराले गोकुलेश्वर अस्पताल पुगाए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update