Public Pana
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का

जाजरकोटमा आइतबार फेरि ४ म्याग्निच्युडमाथिको दुईवटा भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार  दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको र आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।
 
आइतबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ ।  
 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update