Public Pana
सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो।

जसका कारण खेल सुपर ओभरमा पुग्यो। अन्तिम ओभरमा ओमानलाई ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा विकेट लिए। तर चौथो बलमा एक रन र पाँचौ बलमा चौका भयो। अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो। ओमानका लागि ६३ रन बनाएका कश्यप प्रजापतिलाई रोहित पौडेलबाट क्याच गराएका थिए। १८औं ओभरमा नेपालका अभिनास बोहराले आउट हुनुअघि उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update