Public Pana

भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पिडितहरुको राहत र पुर्नस्थापनामा बिशेष जोड दिने घोषणा गर्नुभएको छ । 

जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गर्नुभएको हो। 

 बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभएको निर्देशन भिडियोसहित 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update