Public Pana
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउन थाल्यो ओमानले

 काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले पछ्याउन थालेको छ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

टस जितेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो । 

ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update