Public Pana
मन्त्रीपरिषदको बैठक पछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को  बैठक

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को पनि बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक आह्वान गरेका हुन् ।

बैठकमा सहभागिताको लागि उपप्रधानमन्त्रीहरु, सबै मन्त्रालयका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायतलाई खबर गरिएको छ। 

आज आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बस्ने उक्त बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update