Public Pana
फाइनलमा नेपाल ओमानसँग भिड्दै

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज (आइतबार) हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दै छ ।

दुई देशबीचको खेल ११ बजे बिहान टीयू क्रिकेट मैदानमा शुरू हुनेछ । 

नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । 

पछिल्ला पाँच टी–२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । 


समूह एमा रहँदै प्रतियोगिताको शुरूआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रनेछ । 

दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update