भूकम्प पीडितका लागि राहतको निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (आइतबार) बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए।
आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरिने उनले बताए ।
गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका(१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पमा परी १६७ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०६:४४
प्रतिक्रिया दिनुहोस्