Public Pana
भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।

मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश सरकारलाई आवश्यक मानवीय सहयोग सामाग्री पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।


 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update