Public Pana
भुकम्प पीडितलाई बुद्ध एअरको १ करोड  रुपैयाँ र राहात सामग्री ढुवानीमा सहयोग गर्ने

बुद्ध एअरले भुकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

निजी क्षेत्रवाट सञ्चालित वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको हो ।

शनिवार अपरान्ह टविटरमार्फत एक सूचना जारी गर्दै सो एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ करोड सहयोग दिने निर्णय गरेको जानकारी दिएको छ ।

‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् ।

यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ,’ जारी बिज्ञप्तिमा भनिएको छ, ‘हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १ करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’

air buddha1699088827.png

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update