Public Pana
कमल थापाको आमसभा भयाे श्रद्धाञ्जली सभामा रुपान्तरण

कमल थापाले सम्बोधन गर्ने भनिएको नेपालगञ्ज आमसभा श्रद्धाञ्जली सभामा परिणत भएको छ । 

बाँके पार्टीद्धारा आयोजित आमसभालाई सम्बोधन गर्न हिजै नेपालगञ्ज पुगे पनि गएराती आएको भुकम्पका कारण धनजनको क्षति भए पछि कार्यक्रमको स्वरुप परिवर्तन गरिएको हो । 

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि जनआन्दोलनको तयारी गरौँ भन्ने नारासहित राप्रपा नेपाल बाँकेद्वारा आज नेपालगञ्जना आयोजित विरोधसभालाई श्रद्धाञ्जली सभामा परिणत गर्ने पार्टीले निर्णय गरेको छ’ थापाले दिएको जानकारीमा उल्लेख छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update