Public Pana
भूकम्प पीडितका लागि राहत घोषणा गर्न भोली मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए। 

आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरिने उनले बताए । 

गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका(१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

भूकम्पमा परी १३८ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्। 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update