Public Pana
निलम्वित प्रधानन्याधीलाई संससदीय समितिको तारिख,  बयानका लागि फेरी आइतवार बोलाइयो

निलम्वित प्रधानन्याधीश चोलेन्द्रशमशेर राणालाई संसदीय समितिले बयानका लागि फेरी अर्काे तारिख दिएको छ । 
संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीशसँग आइतबार फेरि बयान लिने छ।

राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको हो। बयानका लिने क्रममा हिजो सवै सदस्यहरुको सवालजवाफ नसकिएका कारण उनलाई आज पनि बोलाइएको थियो।


बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको समितिका एक सदस्यले जानकारी दिए।

यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले अन्य पक्षमाथी आक्षेप लगाउँदै आफुमाथीको आरोपलाई पन्छाउने कोशिस गरेका थिए ।

उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन्। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निलम्बित प्रधानन्याधीशमाथीको महाअभियोग असफल गराउने पक्षमा रहेकाले तत्काल उनीमाथीको संसदीय छानविन र महाअभियोगको प्रक्रियालाई निर्णायर्थ हुन नदिने रणनीति सत्तापक्षकोे छ । 

निलम्बन पश्यचात पनि उनी बालुवाटारस्थित सरकारी निवासमै बसिरहेका छन् । 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update