Public Pana
सुदूरपश्चिम सरकारले एक करोड रुपैयाँ भूकम्पीडितका लागि दिने 

सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्पबाट पीडितलाई सहयोगका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। 

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट पीडित परिवारलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ दिने निर्णय गरेको हो।

शनिबार बसेको प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितलाई सहायता पुग्नेगरी तत्काल सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

यस्तै, भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मी पनि पठाउने सुदूरपश्चिम प्रदेश सरकारले विज्ञप्ति जारी गरेर जनाएको छ।

मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर आएको ६.४ रेक्टर स्केलको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेको छ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update