Public Pana
नेपाल टेलिकमका फोन तथा म्यासेज भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क गर्ने निर्णय

सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ।sanchar-baithak_1699083160.jpg

भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिने विषयमा छलफल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा आज बिहान मन्त्रालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो। 
साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चारमन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।  


 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update