Public Pana
जाजरकोटका ७ घाइतेको प्रधानमन्त्री चढेको हेलिकप्टरबाट उद्धार

भूकम्पमा परी घाइते भएका जाजरकोटका ७ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

भूकम्पको क्षति निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार बिहान जाजरकोट पुगेका थिए।

सोही हेलिकोप्टरमा जाजरकोटको नलगाडका ७ जना घाइते र उनीहरूका कुरूवालाई सुर्खेत ल्याइएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड पनि घाइतेहरूसँगै जाजरकोटबाट सोही हेलिकप्टरमा जाजरकोटबाट रूकुम पश्चिम गएका थिए।

रुकुम पश्चिमबाट प्रधानमन्त्री प्रचण्ड नियमित जहाजबाट काठमाडौं फर्कने छन् भने सेनाको हेलिकप्टर घाइतहरूको उद्धारमा खटिने  आचार्यले बताए।

प्रधानमन्त्री प्रचण्ड आज बिहान चिकित्सकको टोली लिएर जाजरकोट पुगेका थिए। उनीसँगै २ जना सुरक्षाकर्मी खटिएका थिए।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update