Public Pana
भूकम्पपीडितलाई क्रिकेटको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा सहयोग गर्ने क्यानको निर्णय

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक सहयोगको घोषणा गरेको छ। 

आईसीसी टी–२० एसिया छनोटअन्तर्गत आइतबार नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा क्यानले गरेको हो।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update