Public Pana
सबै किमिसको सम्भव सहयोग गर्न तयार : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पमा परी भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत उनले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दुःखद घडीमा भारत नेपाली जनताका साथ उभिएको बताएका हुन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको एक्स ह्यान्डललाई मेन्सन गरेर मोदीले सहयोगको लागि तयार रहेको उल्लेख गरेका हुन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । दुःखद घडीमा भारत नेपाली जनतासँगै उभिएको छ र सबै किमिसमको सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्,‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्दछौं ।’

modi1699070461.png

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update