Public Pana
ओलीले भने, 'भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्याएको धनजनको क्षति प्रति गहिरो चिन्ता ब्यक्त गरेका छन् । 


अध्यक्ष ओलीले सो भुकम्पमा परी परी घाइते भएकाहरुको शिघ्र उद्धार तथा उपचारमा खट्नका लागि सबैलाई आग्रहसमेत गरेका छन् ।

‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौं’, ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन, ‘भुकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।’

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सय ३० भन्दा बढीको ज्यान गईसकेको छ  भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update