Public Pana
अपडेट :  मृतकको संख्या १५४ पुग्यो, रुकुम–पश्चिममा मात्रै ६२ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। 

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। 


भुकम्पमा परी गम्भिर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।  


रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको नेपालखबरलाई जानकारी दिइन्। 

यस्तै, आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।


उपप्रमुख धनकुमारीका अनुसार उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update