Public Pana
अपडेट : भूकम्प प्रभावित जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जाजरकोट पुगेका छन्।

काठमाडौँबाट नेपाली सेनाको मेडिकल टिमसहित उनी जाजरकोट ओर्लिएका हुन्। 


अहिले उनले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जिल्लाको अवस्थाबारे जानकारी लिइरहेका छन्। 


प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड बिहानै जाजरकोट गएका हुन्। 

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। 


प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो। 

यस्तै अहिलेसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। 

प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन्। क्षतिको विवरण संकलन जारी छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update