Public Pana
सरकारले आज पनि भिटामिन ए खुवाउँदै

सरकारले आज पनि भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । 

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा हिजो र आज भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । 

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ । 

तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडा दशैं परे पछि पुर्व निर्धारित मिति सार्नु परेको थियो । जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो । 

 दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसका अनुसार सोही कार्यक्रम अन्तर्गत हिजो र आज गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update