Public Pana
अपडेट : उद्धार तथा राहतमा जुट्न प्रधामन्त्री प्रचण्डको सबैमा आग्रह

जाजरकोटमा गएको भूकम्पमा परी  ठुलो क्षति भएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु। घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् ।

उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update