Public Pana
अपडेट : नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई जानकारी दिए ।

‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

डीएसपी रोकाका अनुसार जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update