Public Pana
रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ 

हिजो शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

 जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका हुन् ।


भूकम्पपछि सुख्खा पहिरोले बाटो अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको अधिकारीको भनाई छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । 

bhukampa1699056940.png

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update