Public Pana
यूएईलाई हराउँदै नेपालले रच्यो इतिहास, २०२४ हुने आइसिसी टी २० विश्वकपमा नेपालको इन्ट्री

नेपालले विश्वकप क्रिकेट खेलमा इन्ट्री मारेको छ । काठमाण्डौको मुलपानीमा शुक्रवार भएको खेलमा   यूएईलाई ८ विकेटले हराउँदै नेपाल आइसिसी टी(२० विश्वकप २०२४ इन्ट्री गरेको हो । 
नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी २० विश्वकप २०२४ का लागि छनोट भएपछि विश्वभर छरिएरका नेपाली यतिबेला खुसीयाली मनाइरहेका छन् । 

आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७।१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।
नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए, रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए।

ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका हिर्काए।

गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए। उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे।

त्यसअघि शुक्रबार विहान टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update