Public Pana
युएईविरुद्ध आसिफ शेखको अर्धशतक

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच खेल भइरहेको छ । 

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बलमा ५० रन बनाएका हुन् । 

यो समाचार तयार पर्दासम्म नेपाल १४ ओभरको समाप्तिमा २ विकेट गुमाएर ९६ रन बनाएको छ । 
यसअघि मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । 

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए । 

जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update