Public Pana
अन्तिम खेलमा आशिफ शेखले बनाए अर्धशतक

टी–२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक बनाएका हुन् ।

उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा दुई विकेट गुमाएर ९३ रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update