Public Pana
नेपालले गुमायो दोस्रो विकेट

 टी–२० विश्वकप क्रिकेट छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाली टिमले दोस्रो विकेट गुमाएको छ ।

दशौं ओभरमा नेपालका गुल्सन झा २२ रन बनाएर आउट भए । २४ बल खेलेका उनले ३ चौकाको मद्दतमा २२ रन बनाएका थिए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई ११ रनमा गुमाएको थियो । अहिले क्रिजमा आसिफ शेखलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

युएईविरुद्ध नेपालले १३५ रनको लक्ष्य पछ्याइरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update