Public Pana
नेपालले गुमायो पहिलो विकेट 

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले पहिलो विकेट गुमाएको छ । मूलपानी क्रिकेट मैदानमा यूएईविरुद्ध जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए ।

उनी २ ओभर ६ बलमा नीलंश केशवानीको बलमा आउट भए । ८ बल खेलेका उनले दुई चौका प्रहार गरे । यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update