Public Pana
मुलपानी क्रिकेट मैदानमा आफ्नो देशलाई जिताउन भेला भएका खेलप्रेमी (फोटो फिचर)

 नेपाल र संयुक्त अरब इमिरेटस (युएइ) का बिचमा  प्रतिस्पर्धा सुरु भएको छ । खेलमा टस जितेर व्याटिङ गरेको युइएले राम्रो शुरुवात गरेपनि ३ ओभरको खेलसम्म उसले १ विकेट गुमाएको छ । 

मुलपानी क्रिकेट मैदानमा आफ्नो देशलाई जिताउन भेला भएका खेलप्रेमीहरु हातमा प्लेकार्ड बोकेर भेला भएका छन् । आजको खेल नेपालको क्रिकेट खेल इतिहासमा निकै महत्वपुर्ण हुने भएकाले क्रिकेटका फ्यानहरु खेल शुरु हुनुअघि नै मुलपानी पुगेका थिए । mulpani 11698989627.jpeg

सो खेल मुलपानीस्थित क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । 

तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन । जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ । mulpani 41698989629.jpeg

 यसअघि क्यानले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको थियो । 

आफनो टविटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टि २० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन् ।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update