Public Pana
हमास–इजरायल युद्ध, भारतीय मुलका इजरायली सैनिकको मृत्यु

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलको बिचमा जारी युद्ध अझै रोकिने छाँटकाट देखिएको छैन् । 

यसैबिच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन् । 

कोबी शोशानीले मृतक बालक इजरायली सेनामा सिपाहीका रूपमा कार्यरत रहेको र गाजा स्ट्रिपमा हमास लडाकुहरूसँग लड्दा ज्यान गएको बताएका हुन् ।

बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ । उनीहरुसँगै १७ इजरायली सैनिक पनि मारिएका छन् । 

हेलेल सोलोमन इजरायली सेनामा स्टाफ सार्जेन्टको रूपमा कार्यरत थिइन्। उनी इजरायलको डिमोना सहरका बासिन्दा थिए। उनको मृत्युको कारण यो थियो कि उनी गाजा शहर भित्र लडन पुगेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update